सुनको भाउमा गिरावट

गोविन्द विश्वकर्मा
हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । बिहीबार तोलाको ४८ हजार ८ सय रुपैयाँ कायम भएको सुनको भाउ घटेर ४८ हजार ४ सय रुपैयाँमा झरेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार भाउ बढेर ४९ हजार १ सय रुपैयाँ पुगेको सुन त्यस यता भने लगातार घट्दै गएको छ । सुन आइतबार कायम भएको भाउमा १ सय रुपैयाँले घटेर सोमबार ४९ हजार रुपैयाँमा झरेको थियो । यस्तै मंगलबार ४ सय रुपैयाँले घटेर ४८ हजार ६ सय रुपैयँमा झरेको भाउ बुधबार फेरि बढेर तोलामा ४८ हजार ८ सय पुगेको थियो । बिहीबार भने सुनको भाउ स्थिर रह्यो  । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि घटबढ भैरहेको महासंघले जनाएको छ ।

0 comments:

Post a Comment