म.प. विश्वविद्यालयले पालुवा फेरेन ?

सुर्खेत, २४ मंसिर
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा विज्ञान संकायको २० वर्षे रणनीतीक योजना तर्जुमाका लागी आयोजित विचार गोष्ठीमा पाण्डेले यस्तो बताउनुभएको हो । विश्वबिद्यालमा बनाईएका नियम कानुन बमोजिम काम नभएको र आफुखशी गर्ने प्रबृत्तिले गर्दा अहिले विश्वविद्यालय स्थापना नै नभएको आभास भएको बताउनुभएको छ । मध्यपश्चिमका नागरिकहरु लड्दा लड्दै पनि पछाडी पार्न खोजिएको भन्दै पाण्डेले अहिलेको कार्यसमितीले चाहेअनुसार काम नगरेकाले विगठन गर्न सकिने समेत बताउनुभयो । यस्तै मध्यपश्चिम विश्वविद्यालय निर्माण गर्नमा सुर्खेत क्याम्पस (शिक्षा) को ठुलो देन भएकाले उच्च पदस्थमा पनि शिक्षाका कै कर्मचारी रहेको दावी गर्नुभयो । अव सुर्खेत क्याम्पस (शिक्षा) लाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गाभ्न सुझाव दिनुभएको थियो । देशमा त्रिभुवन विश्वविद्यालयलाई १३ सय जना शिक्षकको दर्बन्दि हँुदा पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ३ सय १८ दरवन्दि हुनमा विवाद उत्पन्न भएको थियो । विद्यालयले बनाएको कार्ययोजनाको सहज कार्यान्यवन गर्न सुझाव दिदै दर्शन तथा लक्ष्य÷उद्धेश्यका साथ अगाडी बढ्न अनुरोध गर्नुभएको थियो । यस्तै कार्यक्रममा क्षेत्रिय शिक्षा उपनिर्देशक भक्त बहादुर खड्काले जल्दोबल्दो समयलाई ख्याल गरी शिक्षण सिकाई पद्धतिलाई परिमार्जन गरिनुपर्ने र भौतीक संरचना निर्माण गर्दा अनावश्यक प्राकृतिक सम्पदाको नाश नगर्न सुझाव दिनुभयो । सहभागीहरुलाई स्वागत गर्दै लक्ष्मीप्रसाद आचार्यले अहिलेका प्राविधिक शिक्षा नामले मात्र प्राविधिक भएको, दक्ष जनशक्ती उत्पादन गर्न नसकिएको बताउनुएको थियो । विश्वविद्यालयका रजिस्ट्रार महेन्द्रकुमार मल्लले विद्यालयको संरचना÷स्वरुप, नेतृत्व विकास, शैक्षिक कार्यक्रम, भौतिक संरचना निर्माण लगायतका २० वटा रणनितीको बारेमा जानकारी गराउनुभएको थियो । 

0 comments:

Post a Comment