सुखेत, २३ मंसिर । महिला हिंसाको प्रमुख कारण मदिरा र जुवातास रहेको एक कार्यक्रममा खुलासा गरिएको छ । लैङ्गिक तथा महिला हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा भएको एक अन्तरक्रिया कार्यक्रममा यस्तो खुलासा गरिएको हो । कार्यक्रममा दलित संघकी अध्यक्ष मञ्जु सुनारले समाजमा मदिरा र तासले महिला हिंसाको मुल जारो गाडेको बताउनुभयो । यसको नियन्त्रणको लागि सबै एक जुट भएर जाग्न आवश्यक रहेको औल्याउनुभयो । समाज परिवर्तन गर्न आफैबाट शुरु गर्न जरुरी रहेकाले मदिरा र तासलाई न्यूनिकारणको लागि अभियान गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । उहाँले समाजमा कुरिति, छाउँपडि प्रथा, यौन दुव्र्यहार जस्ता कारणले महिलाले अझै पनि हिंसा भोगिरहेको बताउनुभयो । महिला हिंसा न्यूनिकारणका लागि सचेतना जस्ता अन्तरक्रिया कार्यक्रम गर्न अझै आवश्यक रहेको बतउनुभयो । उहाँले घरपरिवारमा मदिरा र जुवातासले गर्दा फाटो ल्याउने काम समेत गरेको बताउनुभयो । अब महिलाहरु आफै सक्षम बन्न जरुरी रहेको भन्दै उहाँले दलित, जनजाति भनेर राज्यले मौलिक हकमा राखेपनि कार्यान्वयनको लागि कानुन बनाउन अफै केहि समय लाग्ने भएकाले आफै सक्षम र सबल बन्न जरुरी रहेको जिकीर गर्नुभयो । यस्तै कार्यक्रममा वडा नागरिक मञ्च तीनका संयोजक गणेशकुमार विकले महिला हिंसा न्यूनिकारण्को लागि विदेशी डलरले मुक्त नहुने बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment