सुर्खेतका युवाहरु कृर्षीमा आकर्शित

सुर्खेत, २५ मंसिर 
वीरेन्द्रनर २५ फलाटेका नागरिकहरु तरकारी खेतीमा आकर्षित भएका छन् । खाद्यान्न बाली भन्दा तरकारीबाट धेरै नाफा हुने भएपछि स्थानीय नागरिक व्यवसायिक रुपमै तरकारी खेतीमा लागेका हुन् । अहिले गाउँभर जताततै तरकारी खेती मात्रै गरेको पाइन्छ । सुरुमा कृषि समूहमा आवद्ध भएर अलिअलि तरकारी खेती गर्ने गरेका उनीहरुले केही वर्षदेखि भने कृषि तथा जडिबुटी सहरकारी संचालन गरी व्यवसायिक रुपममै कृषि गर्न थालेका छन् । स्थानीय नागरिकहरुले पहिलेको जनजागृत कृषि समूहलाई नै अहिले हरियो हिरा कृषि तथा जडिबुटी बिकास सहकारी संस्थाका रुपमा संचालन गरी व्यवसायिक कृषिलाई व्यापक बनाएका छन् । २०६६ सालमा स्थापना गरिएको यो सहकारीमा अहिले तीन सय ४ जना सेयर सदस्यहरु रहेका छन् । सहकारीमा आबद्ध भएको धेरैजसोले अहिले तरकारी खेती नै गरेका छन् । सहकारीमा आवद्ध भएका ७६ जना भन्दा बढीले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । खाद्यान्न बाली भन्दा तरकारीबाट राम्रो आम्दानी हुने भएपछि आफू तरकारी खेतीमा लागेको स्थानीय जगतबहादुर मर्साङगिले बताउनुभयो । सहकारीका व्यवस्थापक ढकबहादुर बुढाका अनुसार अहिले वीरेन्द्रनगर २५ फलाटेका सहकारीमा आवद्ध कृषकहरुले मात्रै ८ विगाह क्षेत्रफलमा तरकारी खेती गर्ने गर्नुभएको छ । वािषर््ाक करिब ८०० क्वीन्टल तरकारी उत्पादन भएको सहकारीले जनाएको छ । उनीहरुले सहकारीमा आबद्ध भएर विभिन्न संस्थाको सहयोगमा व्यवसायिक रुपमा तरकारी खेती गरिरहेको व्यवस्थापक बुढाको भनाइ छ । अहिले स्थानीय कृषकहरुलाई सहकारीमार्फत उच्च मूल्य कृषि बस्तु विकास आयोजना, सुन्दर नेपाल, एसएनभी लगायतका संस्थाहरुले सहयोग गरेका छन् । सस्थाहरुले कृषकहरुलाई प्राविधिक सहयोग गर्ने गरेको उनको भनाइ छ । सिचाइको लागि पानी पोखरी, मोटर लगायतका सहयोग हुनेगरेको छ । त्यसैगरी टनेल निर्माणका लागि पनि सहयोग हुने गरेको छ । अहिले औषतमा स्थानीय नागरिकहरुले वार्षिक १४÷१५ लाख बराबरको तरकारी बेच्ने गरेका छन् । एक वर्षमा उनीहरुले तीनवटा मौसममा तरकारी खेती गर्ने गरेको बताए । स्थानीयले काउली, टमाटर, तिते करेला, लौका, काँक्रालगायतका तरकारी लगाउने गरेका छन् ।

0 comments:

Post a Comment