गोविन्द विश्वकर्मा काठमाण्डौँ, ०१ पुस
यस वर्षका ‘सीएनएन हिरो’ सुर्खेतमा नमूना विद्यालय बनाउनु हुने भएको छ । ‘सीएनएन हिरो’ म्यागी डोयनले आफूले पाएको एक हजार डलरको पुरस्कार राशीले सुर्खेतमा नमूना विद्यालय बनाउने घोषणा गर्नुभएको हो । अमेरिकामा पुरस्कार ग्रहण गरेर नेपाल फर्केकी डोयनले सीएनएन हिरोको उपाधि आफ्नो संस्था कोपिला भ्याली सेवा समाज र सम्पूर्ण नेपालीमा समर्पित गर्दै पुरस्कारको रकमबाट विद्यालय बनाउने घोषणा गर्नुभएको छ । डोयनले नेपालमा रहेर टुहुरा र अनाथ बच्चाहरुलाई असल नागरिक बनाउनु नै आफ्नो लक्ष्य रहेकोसमेत बताउनुभयो । ११ वर्षअघि भारतको ऋषिकेशस्थित बालआश्रममा स्वयंसेवा गर्ने क्रममा थुप्रै नेपाली बालबालिकाहरुसँग भेट भएपछि त्यहि संस्थामा कार्यरत टोपबहादुर मल्लको साथमा डोयन नेपाल आउनुभएको हो । पुरस्कार पाइसकेपछिको पहिलो भेटको अवसर पारि म्यागीको योगदानलाई नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष सूर्यमणी गौतमले प्रशंसा गर्नुभएको छ । नेपालमा बालबालिकाको दयनीय अवस्था देखेपछि मल्लसँग सहकार्य गर्दै कोपिला भ्याली सेवा समाज संस्था दर्ता गरी उहाँले सुर्खेतका टुहुरा र अनाथ बालबालिकाको हेरचाह गर्न थाल्नुभएको थियो । अहिले त्यो संस्थामा ५१ जना बालबालिकाले आश्रय लिइरहेका छन् भने समाजले खोलेको विद्यालयमा चार सयभन्दा बढी विद्यार्थीहरुले निःशुल्क अध्ययन गरिरहेका छन् ।
0 comments:
Post a Comment