गोविन्द विश्वकर्मा ३ पुस सुर्खेत
२०७० सालमा नै अध्ययन सम्भाव्यता पूरा भएको मध्यपश्चिमको केन्द्रविन्दुमा रहेको वीरेन्द्रनगर बसपार्कको निर्माण हालसम्म सुरु हुन सकेको छैन । पटक–पटक वीरेन्द्रनगर नगरपालिकाले निर्माण कार्य थालनी हुने आश्वासन देखाउँदै आएपनि करिव दुई वर्षसम्म वित्नै लाग्दा पनि काम सुरु गर्न सकेको छैन । नगरपालिकाले, ‘सम्झौँता भइसक्यो अवको १५ दिनमा काम गर्छौ’ भन्न लागेको पनि झण्डै दुई वर्ष पुगेको छ । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम र अवको प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेतमा किन बसपार्क निर्माण प्रक्रिया हालसम्म अगाढी बढेन ? आम नागरिकहरुले प्रश्न गर्ने गरेका छन । तर नगरपालिकाको सहज जवाफ हामी प्रक्रियामा गयौँ काम सुरु हुन्छ भन्दै टार्दै आएको छ ।
पुरानो बसपार्कलाई आधुनिक मापदण्डमा निर्माण गर्ने भन्दै नगरपालिकाले काम सुरु गरेको थियो । करिव दुई वर्षको अवधिमा तयार हुने बसपार्कमा कालोपत्रे, पार्किङ् जोन, टर्मिनल तथा ट्राफिक भवन, सपिङ्ग कम्पेलेक्श टिकट काउन्टर, यात्रु प्रतिक्षालय, शौचालय निर्माण हुनेछन । २०७० सालको चैत्र मसान्तमै निर्माण प्रक्रिया सुरु गर्ने भन्दै पहिले नै अस्थायी बसपार्क विश्वविद्यालयको जग्गामा सारिएको थियो ।
पुरानो बसपार्कमा ग्राभेल विछ्याउने कार्य पनि नगरपालिकाले सम्पन्न गरेको थियो । निर्माण चरणको सुरुवाति मै नगरपालिकाले रकम अभाव भएको भन्दै ऋण लिने प्रक्रिया अगाढी थालेको थियो । जुन प्रक्रिया करिव दुई वर्षको अवधिपछि गत मंसिर २४ गते जर्मन विकास बैँकले ठेकेदारसँग सम्झौँता स्वीकृत गरेको छ ।
सिटी बसपार्कको लागि ८ करोड ७ लाख ५६ हजार २९ रुपियाँको स्टिमेट छ । यो मध्य ८० लाख रकम वीरेन्द्रनगर नगरपालिकाको हो । विश्वविद्यालयसँग गरिएको सम्झौता अवधि सकिएपछि मंगलगढी चौक नजिकैमा साँघुरो ठाउँमा बसपार्क सञ्चालनरत छ । मध्यपश्चिम, काँक्रेविहार र जीप ब्यवसायीका सानाठुला गाडीहरुको बढ्दो चापले प्रवेशद्वारा अस्तब्यस्त बनेको छ । यातायात समितिका सवारी साधनको चाप बढ्दै जानु र सीमित ठाउँमा बसहरु पार्किङ गर्दा निकै सास्ती भोक्नु परेको ब्यवसायीहरुको धारणा छ ।
वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्मा भने जर्मन विकास वैँकले ऋण सम्झौता गर्न ढिलाई गरेका कारण सिटी बसपार्क निर्माणको काम अगाडी बढ्न नसकेको बताउनुभयो । उहाले चाङामिला नर्सिङ निर्माण सेवा जेभी काठमाडाँ र बैँक विच विधिवत रुपमा सम्झौँता भइसकेकाले तत्काल काम सुरु हुने जवाफ दिनुभयो । नगरपालिकाले गत चैतमा पहिलो पटक बैँकलाई पठाएको कागजपत्र नमिलेको भन्दै फिर्ता पठाएको बतायो । तीन पटकसम्म कागजपत्र फिर्ता भएकै कारण तोकिएकै समयमा काम अगाडी बढ्न नसकेको प्रतिक्रिया अधिकृत शर्माले दिनुभयो । नगरपालिकाले यस्ता जवाफ पटक–पटक दिदैँ आएको थियो । तर सरकारी संयन्त्र नै कमजोर हुनु र विकास प्रति सरोकारवाला निकाय मौन रहनुले नै यस्तो हविगत भएको स्थानीय नागरिक सहदेव थापाको आरोप छ ।
उहाले साच्चै समुन्नत सुर्खेत निर्माण गर्न सवै लागेको भए हालसम्म नमूना सिटी बसपार्क तयार भएर सञ्चालन आइसक्ने बताउनुभयो । कार्यकारी अधिकृत शर्माले सिटी बसपार्कको निर्माणको लागि ठेकदारलाई तत्काल बोलाएर काम सुरु गर्ने वचन दिनुभएको छ । सिटी बसपार्कमा ९० वटा ठुला र २५ वटा साना गाडी गरी १२५ गाडी अट्न सक्ने क्षमता रहेको नगरपालिकाका बरिष्ठ इन्जिनियर जनकबहादुर शाही जनाकारी दिनुभयो । नेपाली काँग्रेसका नगर सभापति देवकुमार सुवेदीले नयाँ सिटी बसपार्क निर्माणको राजनीतिक तहबाट निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाले निर्माणका लागि बाहिरी निकायबाट ऋण लिने भएकाले बसपार्कको निर्माणमा ढिलासुस्ती भएको उल्लेख गर्नुभयो । तर नेकपा एमालेका नगर कमिटीका अध्यक्ष निलकण्ठ खनालले बसपार्क निर्माणका लागि राजनीतिक दलको इच्छा शक्ति हुदाँ पनि स्थानीय निकायको निर्वाचन नहुदाँँ यस्ता योजना निर्माणमा लापरवाही भएको बताउनुभयो । उहाले आफ्नो पाटीको तर्फबाट पटक–पटक झकझकाउने काम गरिरहेको जानकारी दिनुभयो ।
0 comments:
Post a Comment