मेरो जन्म दैलेख जिल्ला गमौडी गाउ विकास समिती वडा नं. २ छुवाला भन्ने ठाउमा वि.स २०५१ साल जेष्ठ १८ गतेका दिन भएको हो । म सानो उमेरदेखि नै नयाँपन गर्न चाहाने लगनशिल र मेहनती पनि थिए । मेरो विद्यालस्तरको कक्षा ३ सम्मको पढाई श्री बिन्द्राबासिनी प्रस्तावित प्रथामिक विद्यालय गमौडी छुवालामा गरेको हुं । त्यसपछिको कक्षा ४ देखि १२ सम्मको अध्ययन श्री पञ्चकोशी ज्वाला उच्च माध्यामिक विद्यालय गमौडीमा गरे र द्रोणाचल क्याम्पस दुल्लुबाट व्याचलर जनसंख्या विषयमा गरेको छु । हाल आएर म मध्यपश्चिमाञ्चल विपश्वविद्यालय सुर्खेतमा पत्रकारीता विषयमा अध्धयन गर्दै छु र सुर्खेतको संचार माध्यम जनताको आवाज जागरण एफ एम ९०.८ मेगाहर्ज सुर्खेतमा कार्यैरत छु ।
नामले म गोविन्द विश्वकर्मा केही साथीहरुले सुरज भनेर पनि चिन्निुहुन्छ । कुम्भ राशि र मैले सोचेको सबै कुरा सकेसम्म पुरा हुन्छन् भन्ने विश्वाश छ ।
मेरो राशीफल अनुसार
कुम्भ राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ । यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ ।
यो व्लक मेरो व्यक्तिगत व्लक हो । यसमा पोष्ट सबै समाचार लेख मेरो स्वामित्यमा रहनेछन् ।
0 comments:
Post a Comment