सुर्खेत, २९ मंसिर
कार्तिक महिनामै सुर्खेतलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्घोष गरेपनि अन्तिम लगन गाँठो आगामी पुस १४ गतेलाई तय भएको छ । गत कार्तिक १९ गते जिल्लालाई खुला दिसामुक्त घोषणाको तिथि मिति जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले तय गरेको थियो । तर प्रमुख अतिथि कसलाई बनाउने भन्ने टुङ्गो नलाग्दा निर्धारित समयमा घोषणा हुन सकेको थिएन् । समितिको मंसिर अन्तिम साता बसेको बैठकले आगमी पुस १४ गतेको मिति तोकेको छ । ‘कार्तिक महिनामा नै समितिले अथितिको टुङ्गो लगाएर घोषणा मिति तय गर्ने बताइएको थियो । लामो समयसम्म मितिको टुङ्गो लगाउन भने समितिले सकेको थिएन् । करिव एक महिनापछि समितिले मिति जुराएपनि अतिथि कसलाई ल्याउने भन्ने अन्यौल अझै कायमै छ । बैठकमा सहभागी एक सदस्यले भने,–‘पहिलो प्राथमिकतामा प्रधानमन्त्री, दोस्रोमा सभामुख र तेस्रोमा उप–राष्ट्रपतिलाई ल्याउने तयारी भएको छ ।’ प्रधानमन्त्रीबाट नै जिल्ला घोषणा गर्ने गरी छलफल भएको बताएका ती सदस्यले भने, तर प्रधानमन्त्री नआए विकल्पमा सभामुख र उपराष्ट्रपतिलाई ल्याउने तयारी सम्वन्धमा पनि बैठकमा सकरात्मक छलफल चलेकोे उल्लेख गरे । मध्यपश्चिमको केन्द्रविन्दुको रुपमा हेरिदै आएको सुर्खेतमा तामझामका साथ प्रधानमन्त्रीबाट जिल्ला घोषणा अभियानलाई सार्थकता दिन उच्च तहका व्यक्तिलाई ल्याउन समिति जुटेको स्रोतको भनाई छ । देशको असहज परिस्थितका कारण पनि अहिले नै कस्लाई ल्याउने भन्ने टुङ्गो नलागाइएको जानकारी दिएका ती सदस्यले अधिकाँश सरोकारवाला निकायले उच्च तहका व्यक्तिबाट नै खुला दिसामुक्त जिल्ला घोषणा गर्नु पर्ने धारणा राखेकाले सम्भवत प्रधानमन्त्री नै आउन सक्ने बताए । समितिले सुर्खेतस्थित राजनीतिक दलहरुको समन्वयमा चाडै नै अतिथिको टुङ्गो लगाउने निर्णय गरेको छ । जिल्ला घोषणा गर्न यसअघि नै तीन नगरपालिका र ४१ गाविसहरु खुला दिसामुक्त घोषणा गरिसकिएको छ ।
0 comments:
Post a Comment